डाेल्पा जिल्ला तत्कालिन नेपालकाे मध्यपस्चिम विकास क्षेत्र अन्त्रगत पर्ने र नेपाल अधिराज्यकाे संविधान २०७२ अनुसार सिमाङकन सहित राज्य पुनर्सरचनाकाे रहि कर्णली प्रदेश मा पर्ने कर्णाली अञ्चलकाे सबै भन्दा ठ्रलाे जिल्ला हाे । नेपालकाे हिमाली क्षेत्रमा अवस्थित डाेल्पा जिल्ला २८ं२४ " -२९ंं४३" उतरी अक्षांश र ८२ं२४" -८३ं३८" पूर्वी देशान्तर सम्म फैलिएकाे छ । यस जिल्लाकाे अवस्थिती यसकाे कुल क्षेत्रफल ७८८९ वर्ग कि.मि. रहेकाे छ जुन नेपाल अधिराज्यकाे कुल क्षेत्रलफकाे ५.३८ प्रतिशत हुन आउन्छ । उच्च हिमश्रृंखला, ल्हां, लेक र खाेच वेशीहरूमा छरिएर रहेकाे छ । साविकका त्रिपुराकाेट, पाहाडा, लिकु, ल्हां, र सुं गा.वि.स संयाेजनमा हाल त्रिपुरासुन्दरी नगरपालीकाकाे निर्माणा भएकाे छ ।प्राकृतिक र भाैगाेलिकका हिसाले सुहाउदाे किसिमकाे फलफुल साथ साथै बहुमुल्य जडिबुटीकाे पाइने याे त्रिपुरासुन्दरी नगरपालीका प्राकृतिक रूपमा धनीका साथै उच्च हिम श्रिङंखला र लेक बेसिका कारण पर्यटकिय सम्भावना बाेकेकाे पाईन्छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको राजनैतिक विभाजन
प्रदेश ः कर्णाली प्रदेश
जिल्ला ः डोल्पा
स्थानिय तहको नाम ः त्रिपुरासुन्दरी नगरपालिका
वडा संख्या ः ११
समावेश गा.वि.स ः त्रिपुराकोट, सुँ, ल्हाँ, पहाडा, लिकु गा.वि.स
प्रस्तावित केन्द्र ः त्रिपुराकोट बगर, डोल्पा
वडा विभाजन ः
वडा नं. १ ः त्रिपुराकोट गा.वि.स वडा नं. १,२,३,४
वडा नं. २ ः त्रिपुराकोट गा.वि.स. वडा नं. ५,६,७,८,९
वडा नं. ३ ः सूँ गा.वि.स वडा नं. १,२,३,४,५,६
वडा नं. ४ ः सूँ गा.वि.स वडा नं. ७,८,९
वडा नं. ५ ः ल्हाँ गा.वि.स वडा नं. १,२,३,४,५
वडा नं. ६ ः ल्हाँ गा.वि.स. वडा नं. ६,७,८,९
वडा नं. ७ ः पहाडा गा.वि.स. वडा नं. १,२,३,४,५
वडा नं. ८ ः पहाडा गा.वि.स. वडा नं. ६,७,८,९
वडा नं. ९ ः लिकु गा.वि.स. वडा नं. १,२,३
वडा नं. १० ः लिकु गा.वि.स. वडा नं. ४,५
वडा नं. ११ ः लिकु गा.वि.स. वडा नं. ६,७,८,९
भौगोलिक अवस्था तथा सिमाना
क्षेत्रफल ः ३९३.४५ वर्ग कि.मि.
पूव ः ठुलो भेरी नगरपालिका,
पश्चिम ः जग्दुला गाउँपालिका र मुट्केचुला गाउँपालिका
उत्तर ः फोक्सुण्डो गाउँपालिका
दक्षिण ः पश्चिम रुकुम
प्रमुख नदीनाला र विशेष क्षेत्र
नगरपालिकाको क्षेत्रमा पर्ने ठुलो नदी ठुलोभेरी नदि, छलगाड खोला, चूँ गाड खोला, करवगाड खोला, खातिखोला, पालङ्ग खोला, गल्ली खोला आदि साना ठुला विभिन्न खोलानालाहरु पर्दछन ।
जनसंख्या विवरण
नगरपालिकाको जनसंख्या ः १२७४५
घरधुरी संख्या ः २४६३
जनघनत्व ः ३२।३९
अक्षाश ः २९ं०१’१४’ उत्तर
देशान्तर ः ८२ ं४७’४९’ पूर्व
उचाई ः २०७१ मिटर